Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सहकारी छानबिन समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने



काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रुप दिने भएको छ ।

आज साँझ पाँच बजे प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरकारको समेत प्रतिबद्दता लिन लागिएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो । छलफल पछि समितिले प्रतिवेदनलाई पुरा गर्ने छ ।

समितिको कमर्यदेश अनुसारको छानबिन र विश्लेषण सकिएको उहाँले जानकारी दिनु भयो । प्रतिवेदन तयार भइसेको र त्यसलाई अन्तिम रुप दिन मात्रै बाँकी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार