विराटनगर । कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोड्नु भएको छ । काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा उहाँले अनशन तोड्नु भएको हो ।
अनशन स्थल देवकोटा चोकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको उपास्थितिमा उहाँले अनशन तोड्नु भएको हो । कार्कीको अनशन तोड्नलाई विराटनगर ६ का ४२ दिनका नवजात शिशुलाइ राती १० बजे अनशन स्थल ल्याइएको थियो । नवजात शिशुको हातले छुवाएर उहाँले जुस पिउनु भएको हो ।
थापा र कोइरालासँग पूर्व मुख्यमन्त्रीका मागका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्तम कार्कीले आज बिहान छलफल गर्नु भएको थियो । दिनभरि भएको छलफलमा पूर्व मुख्यमन्त्रीले राखेकोमा मागहरू बजेटले सम्बोधन गरेको मुख्यमन्त्री कार्कीले आश्वस्त पार्नु भएको थियो । पूर्व मुख्यमन्त्रीका मागहरूका सम्बोधन हुने सम्बोधन नभए काँग्रेस सत्ता साझेदार भएकाले सम्बोधन गर्ने आश्वासन थापाले दिनु भयो ।
यस्तै प्रदेश सरकारका मन्त्रीहरू राम राना र लिलाबल्लव अधिकारीले समेत माग सम्बोधन भएको र नभएको भए सम्बोधन गरेर जाने बताएपछि कार्कीले अनशन तोड्नु भएको हो ।