Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वमुख्यन्त्रीको अनशन नौटंकी रहेको एमालेको आरोप, संसदमा काँग्रेस भने मौन



विराटनगर । नेकपा एमालेका कोशी प्रदेशका सांसद तीलचन पाठकले पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गर्नु भएको आमरण अनशनलाई नौटंकी रहेको टिप्पणी गर्नुभएको छ ।

कपा एमालेको तर्फबाट आज कोशी प्रदेश सभा बैठकमा सांसद पाठकले आमरण अनशन अर्मयादीत र अनशासनहिन भएको बताउनुभयो । उहाँले यस्तो गतिविधिले आफूलाई लज्जित बनाएको उल्लेख गर्नुभयो । सांसद पाठकले भन्नुभयो- ‘विषेशअधिकार समिति बनाएर यसको छानविन गरेर कारबाही गर्नु पर्छ । ‘

उहाँले रातो किताबमा आएका योजनाहरु केदार कार्की मुख्यमन्त्री हुँदा नै कटौति भएको आरोप लगाउनु भयो । अनशनले संसदको अपमान भएको उहाँको ठहर छ । सांसद पाठकले भन्नुभयो- ‘निवर्तमान मुख्यमन्त्री केदार कार्कीको अनशनले संसदीय मूल्यमान्यताको धज्जी काढ्ने काम भएको छ ।’ कार्कीको अनशनप्रति काँग्रेसका सांसदहरुले भने आजको प्रदेशसभा बैठकमा चर्चा गरेनन् । काँग्रेसको मौनतालाई समेत अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार