Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वमुख्यमन्त्रीको आमरण अनशन सुरु



विराटनगर । नेपाली काँग्रेसका कोशी प्रदेश सभा सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गर्नुभएको छ । आज विराटनगर ७ वनसखण्डी मन्दिरको गेट प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री कार्कीले आमरण अनशन सुरु गर्नुभएको हो ।

कार्कीले विभिन्न माग राख्दै प्रदेश सरकारलाई ४८ घण्टे अल्टिमेटम दिनुभएको थियो । माग पुरा नभएको भन्दै उहाँले अनशन सुरु गर्नु भएको हो । माग पुरा नभएसम्म अनशन जारी रहने उहाँले बताउनुभयो ।

अनशन सरु गर्नु अघि सम्बोधन गर्दै कार्कीले बालबालिकाको विशिष्टीकृत उपचार निशुल्क, केशलिया करिडोरमा बजेट विनियोजन र शैलजा आचार्य हृदयरोग केन्द्रलाई बजेट नदिएसम्म आमरण अनशन जारी रहने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार