बागलुङ । अविरल वर्षा र मध्यरातमा आएको बाढीले बगाएर बागलुङमा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ५ को बान्द्रेमा गएराति साढे १२ बजे आएको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाउँदा स्थानीय २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविषेक रेग्मी र २० वर्षीय कमल सापकोटाको मृत्यु भएको हो ।
बाढीले बगाएर तीन सय मीटर तल उनीहरुको शव भेटिएको थियो । दुई जनाको शव राति नै भेटिए पनि २० वर्षीय सापकोटाको शव आज बिहानमात्रै भेटिएको हो ।
शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो ।