Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विस्फोटमा परी घाइते एकै परिवारका दुई बालबालिकाको मृत्यु



पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ५ मा प्राङवुङ विस्फोट हुँदा घाइते भएका दाजुबहिनी मृत्यु भएको छ ।

मृत्यु हुनेमा दिलीप साँबाका ११ वर्षका छोरा दिप्सन र २ वर्षकी छोरी प्रिन्सा रहेको वडाध्यक्ष भरत खपाङ्गीले बताउनुभयो । मृतकका बुबा दिलिप साँवा अहिले बैदेशिक रोजगारीमा हुनुहुन्छ ।

यस्तै ज्ञानबहादुर राई का ९ वर्षीय छोरा पवन र दीपक राईका छोरा दिप्सन राई घाइते भएका छन् । घाइतेमध्ये एकजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको अर्को एक जनाको स्थानीय अस्पतालमा उपचार पछि जिल्ला अस्पताल पठाइएको छ ।

बिहीबार दिउँसो करिब ३ बजे स्थानीय आइतराज केरुङको घरमा खेलिरहेको अवस्थामा उनीहरु विस्फोटमा परेका हुन् ।

विस्फोट भएकै स्थानमा अर्काे बम जस्तो बस्तु फेला परेको छ । त्यस क्षेत्रलाई अहिले नेपाल प्रहरीले सिल गरेको छ । नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेको छ ।

उहाँका अनुसार आइन्द्र केरुङको घरमा विस्फोटक पदार्थ भेटिएको हो । बच्चाहरुले कुलेसोमा भेटाएको र खेल्नेक्रममा विस्फोट भएको हुनसक्ने बताइएको छ ।

थप विस्फोटक पदार्थ हुनसक्ने आशंकामा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार