Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यी हुन मुनाको हत्यारा, लुटपाट गर्ने क्रममा हत्या गरेको खुलासा



काठमाडौं । अमेरिकाको टेक्ससको हस्टनमा हत्या गरिएकी भोजुरकी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको सार्वजनिक भएको छ ।

विद्यार्थी भिषामा अमेरिका गएकी मुनालाई नियतवश घातक हतियाले प्रहार गरिएको अदालती कागजातबाट खुलेको छ । बुधवार पक्राउ परेका आरोपी ५१ बर्षीय भारतीयमुलका बब्बी सिंह साहको बयानको आधारमा यस्तो खुलासा भएको नेपयोर्कले उल्लेख गरेको छ ।

२६२ औ राज्य जिल्ला अदालतमा साहलाई हत्याको मुद्दा परेको छ । उनी पटके अपराधी भएको र पटक पटक जेल परेको खुलेको छ ।

अदालतको अर्को सुनुवाइ अगाडि सेप्टेम्बर ५ अर्थात् भदौ २० मा हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार