Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले विराटनगर २ को तीज विषेश शुभकामना आदानप्रदान सम्पन्न



विराटनगर । हिन्दु नारीहरुको चाड हरितालिका तीजको अवसरमा नेकपा एमाले विराटनगर २ वडाले शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ ।

विराटनगर ५ मा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले चाडका नाममा तडक भडक नगर्न आग्रह गर्नु भयो । यसैगरी कोशी प्रदेश सभा सदस्य शिला दिक्षित कार्कीले अहिले कामकाजी महिला दिदी बहिनीहरु ब्यस्तताले माइत जान नपाउने हुदा यस्तो कार्यक्रमले अपनत्व बढाउने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले नाचगान गर्दै रमाइलो समेत गरेका थिए । वडावसी दिदिबहिनीहरुविच सद्भाव बढाउन र परस्पर सहकार्य बढाउन कार्यक्रमको अयोजना गरिएको पार्टी वडाका अध्यक्ष विज्ञान चापागाईंले बताउनु भयो ।

वडाकी उत्कृष्ट बुहारीका रुपमा विमला भट्टराई पन्थीलाई सम्म्मानित गरिएको छ । उहालाइ उपमेयर कार्कीले सम्मानपत्र प्रदान गर्नु भयो । पन्थीले रोगी सासुको कुशलतापूर्वक स्याहार सेवा गर्दै उदाहरणीय बुहारीका रुपमा पर्न सफल भएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, कोशी प्रदेश कमिटी सदस्य परशुराम बस्नेत, नेता सागर थापालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार