Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्री कार्कीद्वारा रथयात्राको शुभारम्भ



विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्नुभएको छ । विराटनगर २ राधाकृष्ण मन्दिरमा रथयात्रा सुरु हुनु अघि मुख्यमन्त्री कार्कीले पुजा अर्चना गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले सबै भाषा धर्म र संस्कृतिको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले रथ यात्रा प्रदेशकै गौरव रहेको भन्दै यात्राकै अवसरमा प्रदेश सरकारले विदा समेत दिएको स्मरण गराउनुभयो । उहाँले भक्तहरुको भीड हुने भएको भन्दै सुरक्षाको व्यवस्था मजबुद बनाउन सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो ।

रथयात्रा विभिन्न ४३ स्थानमा विश्राम गराइने छ । जम्मा नौ किलोमिटर दुरीमा लाखौं भक्तजनहरुले रथमा राधा र कृष्णको जोडीलाई पुजा गर्दै रथ तान्नका लागि सहभागी हुनेछन् । करिब ५ लाख जनाले रथको प्रत्यक्ष अवलोकन गर्ने राधाकृष्ण रथयात्रा समितिका अध्यक्ष कैलाश रेग्मीले बताउनुभयो । रथयात्राका लागि स्वास्थ्य र सुरक्षाका लागि बन्दोबस्ती कडा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार