Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दोरम्बा शैलुङको पहिरोमा ६ जनाको मृत्यु, ४ जना बेपत्ता



रामेछाप । दोरम्बा शैलुङ पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । पहिरोमा परी ३० वर्षीया चण्डीका थापा मगर, उनका १८ महिनाका छोरा आमस थापामगर रहेका छन् । यस्तै ४० वर्षीया उर्मिला पहरी, १७ वर्षका सन्दीप, १८ वर्षका विज्ञान र १४ वर्षका सन्तोष पहरी रहेका छन् । उनीहरू एकै परिवारका हुन् ।

यस्तै, ७५ वर्षीया फड्की पहरी, ५५ वर्षका काले पहरी, ५४ वर्षीया, झ्याउकिरी पहरी, र २३ वर्षीया बिन्दा पहरी बेपत्ता छन् । १० वर्षीया अञ्जना पहरीको उद्धार गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा परिचालित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार