रामेछाप । रामेछापको दोरम्बा शैलुङमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएको आशंका गरिएको छ । यद्यपी क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।
शनिवार ४ बजेदेखि सुरु भएको वर्षापछि आएको पहिरोमा परी बाल विकासमा पढाउने शिक्षिका र उनको छोराको मृत्यु भएको शैलुङ गाउँपालिकाका सूचना अधिकारी भोला पाठकले बताउनुभयो ।
पालिकाको वडा नम्बर ३ लेखर्कवस्तीमा पहिरो गएको हो । पहिरोमा ४ वटा घर बगाएको छ । यस्तै एउटा पक्की पुल पनि बगाएको छ । ठूलो पहिरो आएको हुँदा उद्धार गर्न समेत समस्या भएको र क्षतिको विवरण आउन बाँकी रहेको छ ।
अहिले स्थानीय र नेपाल प्रहरीले उद्धारको प्रयास जारी राखेको पाठकले बताउयनुभयो । घटनास्थल पालिका केन्द्रबाट २ किलोमिटरको दुरीमा रहेको छ ।