काठमाडौं। तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिनुभयो । बसमा ४० जना भारतीय पर्यटक सवार थिए ।
यूपी ५३ एसटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस भएको बताइएको छ तर पुष्टि भने हुन बाँकी छ ।
तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायले अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ । यस्तै क्षतिको पूर्ण विवरण पनि आउन बाँकी रहेको छ ।