Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अमेरिकामा हराएकी ममतालाई श्रीमानले मारेको प्रहरीको निचोड, श्रीमान परे पक्राउ



काठमाडौं । केहि हप्ताबाट हराएकी अमेरिकामा रहेकी नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेशले हत्या गरेको निचोडसहित अमेरिकी प्रहरीले उनलाई पक्राउ गरेको छ ।

भट्टलाई पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलन गर्दै यो कुरा सार्वजनिक गरेको हो । नरेश भट्टलाई श्रीमती मारेको अमेरिकाको भर्जिनिया राज्यको मनासस प्रहरीले गिरफ्तार गरेको छ।

भर्जिनिया राज्यमा नर्स पेसा गर्ने र नवआमा काफ्लेले हराउनु अगाडि आफ्नो श्रीमानले सन्तानलाई नहेरेको भन्दै अलग हुने बारेमा सल्लाह लिएकी थिइन्।

उनले सामाजिक सञ्जालको महिला समूहमा यो आग्रह गरेकी थिइन्। भट्ट पक्राउमा नेपाली समुदाय खुशी भएको छ । यसअघि ममता हराएको भन्दै नेपाली समुदायले खोजी अभियानलाई तीव्र बनाएको थियो । उनको खोजीका लागि विभिन्न सामाजिक सञ्जालमा समुहहरु बनाइएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार