विराटनगर । सुनसरी गढी गाउँपालिका वडा नम्बर २ मा एक जनाको विभत्स हत्या भएको छ । गढी २ को थलाहा टोलमा गएराति ज्ञानचन ऋषिदेवको हत्या भएको हो । ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
उनको घाँटीदेखि मुनिको भाग एक ठाउँमा र टाउँको अर्को ठाउँमा भेटिएको छ । प्रहरीले सुरुमा घाँटीदेखिको मुनिको भाग मात्र भेटेको थियो ।
टाउको भने करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउँको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताउनुभयो । प्रहरी नायब उपरीक्षक भण्डारीले घटनाको थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिनुभयो ।