Symbolic Photo
विराटनगर। केराबारी ९ स्थित स्कुल चौकमा विषालु सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बुधवार साँझ गोमन सर्पको डसाइबाट मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको मृत्यु भएको हो । विद्यालयबाट साँझ घर फर्केपछि शौचालयमा गएको बेला प्रतिमालाई विषालु सर्पले डसेको केराबारी –९ का वडाध्यक्ष गोपाल याक्खाले बताए ।
बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित सर्प दंश उपचार केन्द्र पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई विराटनगरको अस्पतालमा रिफर गरिएको थियो । अस्पताल पुग्दा बालिकाको मृत्यु भएको चिकित्सकहरूले बताएका थिए ।