Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जिसस झापामा एमालेको प्यानल निर्विरोध निर्वाचित


  • Purbeli Press
  • मंगलबार, असार ७ २०७९

विराटनगर : जिल्ला समन्वय समिति झापामा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको मनोनयन दर्तामा अन्य राजनीतिक दलले उम्मेदवारी नदिएपछि एमालेका उम्मेदवार सर्वसम्मत भएका हुन् ।

जिसस झापाको प्रमुखमा विश्व बराल निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपप्रमुखमा शान्ता रोक्का निर्वाचित भएकी छिन् ।

सदस्यहरुमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपाली निर्विरोध निर्वाचित भएका हुन् ।

१५ पालिका रहेको झापामा एमालेले ७ पालिकाको प्रमुख र १० पालिकामा उपप्रमुख जितेको थियो । जिससमा कुल ३० मत रहेको झापामा एमाल १७ , कांग्रेस ९ र राप्रपाको ४ मत रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार