काठमाडौँ । आज शनिबार काठमाडौँमा राष्ट्रिय युवा नेतृत्व सम्मेलन हुने भएको छ।
जीवन विज्ञानको ‘रुपान्तरणका लागि अध्यात्म र सेवा’ नाराका साथ सुरु हुनलागेको सम्मेलन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
कार्यक्रममा स्कुल कलेज विश्वविद्यालयमा अध्ययनरत वा व्यवसायिक हिसाबले कार्यरत एक हजार तीन सयबढी युवाहरूलाई सहभागिता गराउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
कार्यक्रमका वक्ताहरूमा मुटु रोग विशेषज्ञ डा.भगवान कोइराला, सांसद तथा उद्योगी विनोद चौधरी, पूर्व बैंकर अनिलकेशरी शाह, फोर्ब्सको प्रभावशाली सूचीमा परेकी श्रेया गिरी, उद्यमी हेमराज ढकाल र जीवन विकास विशेषज्ञ रमेश नेपाल र एलपी भानु शर्मा रहेका छन्।
कवि नवराज पराजुलीको कविता कन्सर्ट रहने कार्यक्रमको गायिका सन्जु मोक्तानले कार्यक्रम सहजीकरण गर्ने छन्। कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ।
युवाहरूलाई जीवन व्यवस्थापन, व्यक्तित्व र नेतृत्वसम्बन्धी आध्यात्मिक अभिमुखीकरण प्रदान गर्ने, व्यवसायिक युवा र विद्यार्थीहरू माझ सम्बन्ध विस्तार, स्वजागरण र सामाजिक कार्यका लागि सञ्जाल निर्माण गर्ने, युवाहरूको प्रतिभा प्रदर्शनको लागि साझा अवसर र मञ्च प्रदान गर्नेलगायत कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम संयोजक तथा जीवन विज्ञान युवा वृत्त संयोजक सन्तोष खडकाले बताए ।
जीवन विज्ञान प्रतिष्ठानले विगत १३ वर्षदेखि मानिसको रुपान्तरणका लागि आध्यात्मिक साधना र जीवन व्यवस्थापन सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ। जीवन विज्ञानका कार्यक्रममा हालसम्म २४ लाखभन्दा बढी मानिसहरु सहभागी भएका छन्।
आज शनिबार काठमाडौँमा राष्ट्रिय युवा नेतृत्व सम्मेलन हुने भएको छ।