विराटनगर, । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ ।
नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो ।
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारमा माओवादीका तीन मन्त्री र एक जना राज्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि पनि माओवादीले कोशी सरकार छाडेको थिएन।