Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा केन्द्रकै अनुसार सरकार बन्छ : अध्यक्ष खतिवडा



विराटनगर : नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशमा केन्द्रकै अनुसार नेपाली कांग्रेससँग सत्ता सहकार्य हुने बताएका छन् ।

पूर्वेलीप्रेससँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष खतिवडाले भर्खरमात्र केन्द्रमा सरकार बनेकाले प्रदेशका विषयमा केन्द्रीय नेताहरुको छलफल भइनसकेको बताए ।

‘प्रदेशमा नयाँ सहकार्यभन्दा केही दायाँबायाँ हुँदैन । तर केही दिन लाग्छ,’ उनले भने, ‘केन्द्रको निर्देशन आएपछि त्यही अनुसार अघि बढ्छौँ ।’ केन्द्रबाट नेताहरुको निर्देशन आउनसाथ कोशीमा नयाँ कोर्स अनुसार राजनीति अघि बढ्ने उनको भनाइ छ ।

खतिवडा माओवादीले विकसित राजनीतिक घटनाक्रमलाई समयमै बुझ्नुपर्ने बताउँछन् । यसको अर्थ माओवादीले राजनीतिक परिवर्तन बुझेर राजीनामा दिनुपर्ने हो ।

कोशी प्रदेशमा माओवादीबाट तीन जना मन्त्री र एकजना राज्यमन्त्री छन् । केन्द्रमा माओवादी प्रतिपक्षमा पुगेपनि प्रदेशमा भने उनीहरु अझै सरकारमा बसिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार