Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोको बन्दैछन् ओली सरकारमा मन्त्री ?



विराटनगर : प्रधानमन्त्री नियुक्त भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार शपथ लिएसँगै मन्त्रिमण्डल गठन गर्ने भएका छन् ।

ओलीले कंग्रेसबाट १० जना र एमालेबाट ८ जनालाई मन्त्री नियुक्त गर्न लागेका हुन् । एमालेबाट उपप्रधानसहित बिष्णु पौडेल अर्थ, पृथ्वीसुब्बा गुरुङ सूचना तथा सञ्चार मन्त्री बन्ने भएका छन् ।

विद्या भट्टराई शिक्षा, मानवीर राई रक्षा, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, राजकुमार गुप्ता संघीय मामिला तथा प्रशासन, दामोदर भण्डारी उद्योग र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री बन्ने भएका छन् ।

यस्तै कांग्रेसबाट प्रकाशमान सिंह उपप्रधानसहित शहरी विकास, आरजु राणा परराष्ट्र, रमेश लेखक गृह, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन मन्त्री बन्ने भएका छन् ।

अजय चौरासिया कानून, तेजुलाल चौधरी खेलकुद, बद्री पाण्डे पर्यटन, प्रदीप पौडेल स्वास्थ्य र रामनाथ अधिकारी कृषि मन्त्री भएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् । जनता समाजवादी पार्टीबाट प्रदीप यादव खानेपानी र नवलकिशोर सुडी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार