Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हात्तीले चार घरमा क्षति पुर्‍यायो



झापा : झापाको बिर्तामोड नगरपालिका– ७ स्थित डाँडागाउँमा गए राति हात्तीले चारवटा घरमा क्षति पुर्‍याएको छ । राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्‍याएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्‍याउँदा ३ लाख १० हजार रुपैयाँबराबरको क्षति भएको जानकारी दिए । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनुका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनले बताए ।

बिर्तामोड– ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्तीले बस्ती पसेर स्थानीयको घरमा क्षति पर्‍याएको विषयमा जानकारी गराइएको बताए । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार