Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप



विराटनगर : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री दाहालले भोलि (शुक्रबार) विश्वासको मत लिँदै छन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको जानकारी दिए । यस्तै भोलि बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन लेखकले बताए ।

उनले सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको र सांसदहरुलाई अनिवार्य सदनमा उपस्थित हुन निर्देशन गरेको जानकारी दिए ।

कांग्रेस एमाले मिलेर सरकार बनाउने सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित जस्तै छ । अब उनलाई माओवादीसहित रास्वपा र नेकपा एकीकृत समाजवादी पार्टीको मात्रै समर्थन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार