विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित भएपछि मुकुल ढकालले आफू पार्टीबाट नभई रवि लामिछानेको क्लबबाट निष्कासित भएको बताएका छन् ।
ढकाललाई मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।
निष्कासित भएपछि रास्वपाका तत्कालीन महामन्त्री ढकालले भने, ‘ म रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ ।’
यस्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न नरोकिने भन्दै सभापति लामिछानेलाई चुनौती दिएका छन् । उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन भन्दै घण्टी बज्न नरोकिने बताए ।
ढकालले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ।’