Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

सप्तकोशीमा खतराको घण्टी, ४१ ढोका खोलिए



विराटनगर : सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

कहि दिनदेखि लगातार वर्षा भइरहेका कारण नदीमा पानीको बहाव उच्च छ । अहिले यश वर्षकै सबैभन्दा धेरै पानी नदीमा बगिरहेको छ ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार