Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

केपी ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक थापाको निधन



विराटनगर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक उमेश थापाको निधन भएको छ ।

भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेका बेला ४३ वर्षीय प्रहरी निरीक्षक थापालाई हृदयघात भएको हो।

प्रहरी परिसर भक्तपुरका प्रवक्ता, डिएसपी राजन कार्कीका अनुसार  थापालाई शनिबार बिहान ५ बजे उपचारका लागि भक्तपुर अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले थापालाई मृत घोषणा गरेको कार्कीले बताए ।

थापाको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार