Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पदमुक्त भएको दुई महिना हुँदा पनि खत्रीले फिर्ता गरेनन् सरकारी निवास र गाडी



विराटनगर : कोशी प्रदेश सरकारका पूर्व उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले पदमुक्त भएको दुई महिना पुग्न लाग्दा पनि सरकारी निवास र सवारी साधन फिर्ता गरेका छैनन् ।

वैशाख २६ गते पदमुक्त भएका खत्रीले सरकारी निवास र तीनवटा सरकारी गाडी फिर्ता गर्न आलटाल गरिरहेका छन्।

पदमुक्त भएपछि मन्त्री चढ्ने गाडी फिर्ता गरेका खत्रीले को १ झ ६४७ नम्बरको सरकारी गाडी र दुईवटा मोटरसाइकल फिर्ता गरेका छैनन् ।

यस्तै विराटनगरस्थित पुष्पलाल चोकमा मन्त्रीका लागि लिएको मन्त्रीनिवास खत्रीले अझै प्रयोग गरिरहेका छन् ।

कृषि मन्त्रालयका सचिव डा. लेखराज दाहालले खत्रीलाई सवारी साधन र सरकारी निवास फिर्ता गर्न आग्रह गरिरहेको बताए ।

खत्री केदार कार्की नेतृत्वको सरकारमा मन्त्री भएका थिए। प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाएसँगै खत्री पदमुक्त भएका थिए।

उदयपुर क्षेत्र नम्बर २ को प्रदेश २ बाट निर्वाचित खत्री काङ्ग्रेसका क्षेत्रीय सभापति समेत हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार