Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले मोरङमा टुंगियो पदाधिकारी, कुन पदमा को ?



विराटनगर : नेकपा एमाले मोरङ संगठन कमिटीको पदाधिकारीमा नेताहरूको टुंगो लागेको छ ।

सोमबार विराटनगरमा बसेको एमाले कोशी प्रदेश कमिटीको सचिवालय बैठकले बाबुराम कार्कीको नेतृत्वमा पाँच सदस्यीय पदाधिकारी अनुमोदन गरेको हो । अध्यक्ष कार्कीले प्रदेशमा सिफारिस गरेको आधारमा सचिवालय बैठकले पदाधिकारी टुंगो लगाएको हो ।

संगठन कमिटीको उपाध्यक्षमा शान्तिकुमारी लिम्बू चयन भएकी छन् । उनी अघिल्लो अधिवेशनबाट उपसचिव बनेकी थिइन् ।

यस्तै रविन थापा सचिव बनेका छन् भने सन्तोष शाह र सोमराज थापा उपसचिव बनेका छन् ।

यो टिमले आगामी अधिवेशनसम्म काम गर्न पाउनेछ । नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित ऋषिकेश पोखरेलले जेठ १८ गते कार्कीलाई संगठन कमिटीको अध्यक्ष बनाएर आफू विदा भएका थिए ।

पोखरेल अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार