Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कप्तान रोहितसहित दीपेन्द्र र सन्दीपले क्यानडाको ग्लोबल टी-२० खेल्ने



विराटनगर : नेपालका तीन क्रिकेटरले क्यानडामा हुने यसपटकको ग्लोबल टी–२० प्रतियोगिता खेल्ने भएका छन्। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी–२० खेल्ने भएका हुन्।

रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन्। उनले पहिलोपटक ग्लोबल लिग खेल्न लागेका हुन् ।

सन्दीप र दिपेन्द्रले एउटै टिमबाट खेल्ने भएका छन् । उनीहरूलाई भ्यान्कोभर नाइटसले अनुबन्ध गरेको हो ।

गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दीपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए। अघिल्लो सिजनमा दीपेन्द्र सम्मिलित मोन्टरियल टाइगर्सले उपाधि जितेको थियोे ।

यस सिजनको ग्लोबल टी–२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदैछ। यो ग्लोबल टी–२० को चौथो सिजन हो।

यसअघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार