Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवा खोलामा आएको बाढीले बगाउँदा एकको मृत्यु



विराटनगर : रतुवा खोलामा आएको बाढीले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ ।

बिहीबार बाढीले बगाउँदा झापाको दमक नगरपालिका १ स्थित सरस्वती टोलका ५३ वर्षीका मोहन रामदामको मृत्यु भएको हो ।

उनको शव खोलामा बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

रामदामको शब दमक ७ को रतुवा पुल नजिकै फेला परेको झापा प्रहरीले जनाएको छ ।

केही दिनयता परेको अविरल वर्षाका कारण पूर्वी क्षेत्रमा ठूलो क्षति भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार