Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संसद भवनभित्र सुरक्षाकर्मीले आफैंले गोली हानेर गरे आत्महत्या



काठमाडौं : नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र गोली चलेको छ।

स्रोतका अनुसार संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्।

बिहान ६ बजेदेखि ड्युटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए।

प्रहरीको विशेष सुरक्षा दस्तामा कार्यरत उनी आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको प्रहरीको दाबी छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार