Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जेष्ठ नागरिकलाई घरमै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सरकारसँग एमाले सांसद पोखरेलको माग



विराटनगर : नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र घरमै उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर परिचय पत्र दिने व्यवस्था मिलानउ सरकारसँग माग गरेका हुन् ।

राष्ट्रिय परिचय पत्र बनाउनका लागि जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुले सास्ती खेप्दै आएको बताउँदै पोखरेलले सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान तत्कालका लागि रोक्न मागसमेत गरेका छन् । पूर्वतयारी गरेर अर्को वर्षदेखि लागू हुने गरी तत्कालका लागि यो कार्य रोक्न उनको माग छ ।

सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका पोखरेले हरेक घरघरमा टोली पठाएर ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले भने, ‘परिचयपत्रको व्यवस्थापन गरेर, घरमा बायोमेट्रिक गराएर, अर्को वर्षदेखि लागू हुनेगरी यो वर्ष यी प्रक्रियालाई रोक्न सरकारको गम्भीर ध्यानाकर्ष गराउन चाहन्छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार