Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भोजपुरमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ



विराटनगर : भोजपुरमा आफ्नै आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

आमाको हत्या गरेको आरोपमा प्रहरीले भोजपुरको अरुण गाउँपालिका वडा नं-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई पक्राउ गरेको हो ।

आइतबार बेलुका पौने ६ बजे उनले ६८ वर्षीया आमा निर कुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

घटनाको जानकारी पाउनसाथ अस्थाई प्रहरी पोष्ट चरम्बी र इलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट खटिएको प्रहरी टोलीले मिलनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार