विराटनगर : कोशी प्रदेश प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।
गत बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।
कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै रिट दायर गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै धारा १६८ (५) अनुसार नै अर्को सरकार गठन आह्वान गरेका थिए । सोही अनुसार कोहीमा हिक्मतकुमार कार्की अहिले मुख्यमन्त्री छन् ।
प्रदेश प्रमुखको उक्त निर्णयविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
बुधबारमा विपक्षीका कानुन व्यावसायीले उपधारा ५ को ब्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासको पनि माग पनि न्यायाधीश श्रेष्ठ र ढकालको इजलासले यो मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।
कार्कीले हालेको रिटमा प्रदेश प्रमुखले २६ वैशाखमा सरकार गठनका लागि गरेको आह्वान बदर, ७ वैशाखमा प्रदेश सभाले पारित गरेको संकल्प प्रस्ताव बदर, हिक्मत कार्कीको मुख्यन्त्रीमा भएको नियुक्ति बदर माग गरिएको छ । त्यस्तै मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसमेत गरेका छन् ।