Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओलीको पोस्टमा भन्दा बालेनको कमेन्टमा बढी रियाक्ट !



विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच केही दिनयता आरोपप्रत्यारोप हुँदै आएको छ । दुवै नेताहरुले एक अर्का लक्षित टिप्पणी गरिरहेका छन् ।

बालेन शाहले सोमबार बिहान सामाजिक सञ्जालबाट ओलीप्रति आक्रोश पोख्दै १० हजार करोडको गिरिबन्धु कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु भन्दै लेखेका थिए ।

उनले लेखेका छन्, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’

उनले समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्न चेतावनी दिँदै कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला भन्दै लेखेका छन् ।

सोमबार दिउँसौ नै ओलीलाई संसद भवनबाहिर पत्रकारहरुले बालेनले लगाएको आरोपको विषयमा प्रश्न गरेका थिए । जवाफमा ओलीले बालेनलाई प्रश्न सोध्न भनेका थिए । सो जवाफपछि उनले थप प्रतिक्रिया दिन चाहेनन् ।

ओलीले सोमबार साँझ पत्नी राधिका शाक्यसँग गोसाइँकुण्डको फोटो सार्वजनिक गरे । ओलीले फोटोको क्याप्सनमा लेखेका छन्, ‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ । राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो । यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ । शुत्र रात्रि ।’

रोचक कुरा के छ भने ओलीले गरेको यो पोस्टमा बालेन शाहले कमेन्ट गरेका छन् । बालेनले लेखेका छन्, ‘ओ ! हो गुड नाइट केपी बा, ह्याभ ए स्वीट ड्रिम ।’

यो समाचार तया पर्दासम्म ओलीले पोस्ट गरेको ११ भएको छ । यो बीचमा उनको पोस्टलाई ५३ हजारबढीले रियाक्ट गरेका छन् भने १६ हजारले कमेन्ट गरेका छन् । तर, बालेन शाहले गरेको कमेन्टमा भने ८१ हजार बढीले रियाक्ट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार