Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारको आर्थिक सल्लाहकारमा डा. सुवेदी नियुक्त



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदीलाई नियुक्त गरेका छन् । आइतबार मुख्यमन्त्री कार्कीले उनलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उपप्राध्यापकको रूपमा कार्यरत सुवेदीले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गरेका छन् ।

उनी यसअघि प्रदेश सरकारको राजश्व परामर्श समितिमा विज्ञको रूपमा काम गरिसकेका छन् ।

मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस सल्लाहकारमा बिक्रम लुईटेल, जनसम्पर्क सल्लाहकारमा रवी खनाललाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार