विराटनगर : मोरङको क्षेत्र नम्बर २ बाट निर्वाचित दुवै प्रदेशसभा सदस्य कोशी सरकारमा मन्त्री बनेका छन् ।
मोरङ २ (१) का प्रदेश सांसद गणेश उप्रेती र २(२) का लिलाबल्लभ अधिकारी मन्त्री बनेका हुन् । उप्रेती माओवादी सांसद हुन भने अधिकारी एमाले सांसद हुन् ।
उप्रेती भौतिक पूर्वाधार विकास मन्त्री र अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् ।
उप्रेतीले एमालेका डिबी कार्कीलाई पराजित गरेर प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनले १५०३३ मत ल्याउँदा कार्कीले १४६७८ मत ल्याएका थिए ।
यस्तै अधिकारीले कांग्रेसका उम्मेदवार बिनोद कार्कीलाई पराजित गरेर दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।