विराटनगर :कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार मन्त्री नियुक्त भएका ५ मन्त्री र २ राज्यमन्त्रीले शपथ लिएका हुन् ।
मन्त्री बन्नेहरुमा नेकपा एमालेबाट एकराज कार्की, लिलाबल्लभ अधिकारी, पाँचकर्ण राई, सिर्जना राई (राज्यमन्त्री) छन् । माओवादीबाट राजेन्द्र कार्की, नारायण मगर, बन्दना झाँगड (राज्यमन्त्री) छन् ।
यस्तै मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रीहरुको कार्यविभाजन समेत गरेका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगरले जिम्मेवारी पाएका छन् ।
दुई राज्यमन्त्रीहरु सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी दिइएको छ ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री कार्की आफैंले राखेका छन् ।