विराटनगर : जनता समाजवादी पार्टीकी कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपामा सनाखत गरेकी छन् ।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेकी लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी हुन् । उनी समानुपातिक सांसद हुन् ।
जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले आजसम्मको समय दिएको थियो । मंगलबार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनि सनाखत गरेकी छन् ।
लिम्बूले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बू एकमात्र सांसद थिइन् ।