Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने



विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

नेकपा एमाले र माओवादीका ५२ जना सांसदको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

कार्कीलाई एमालेसहित नेकपा माओवादी र जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिनेछन् । तर, केन्द्रीय सरकारमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीले भने विश्वासको मत नदिने बताएको छ ।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले अदालतमा मुख्यमन्त्रीकै विरुद्धको मुद्दा विचाराधिन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको बताए ।

यस्तै प्रदेशमा ६ सांसद रहेको राप्रपाले अहिले विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गरिनसकेको बताएको छ । दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दलले बैठक बसेर निर्णय दिने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार