Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुहाङले कटाए १५ हजार मत, कांग्रेसभन्दा ५५ सय मतले अघि



विराटनगर ; इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार बढीको अग्रता बनाएका छन् ।

सुहाङले निकटतम प्रतिद्वन्द्वीभन्दा ४५ हजार ५८५ मत बढी ल्याएका छन् ।

पछिल्लो मत परिणामअनुसार सुहाङले १५ हजार ६५३ मत ल्याएका छन् । दोस्रो नम्बरमा रहेका कांग्रेसका डम्बर खड्काले १० हजार ६८ मत ल्याएका छन ।

अरु उम्मेदवार भने १० हजार मत कटाउन सकेका छैनन् । इलाममा तेस्रोत नम्बरमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन् । उनले ८ हजार ६८९ मत ल्याएर कांग्रेसका खड्कालाई पछ्याइरहेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी इलाममा चौथो स्थानमा छ । रास्वपाका उम्मेदवार मिलन लिम्बूले २ हजार ३१३ मत ल्याएर अरु उम्मेदवारलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार