Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुहाङले लिए एक हजार मतको अग्रता



विराटनगर : इलाम- २ काे उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ काँग्रेसका डम्बर खड्काभन्दा एक हजार मतले अगाडि पुगेका छन्।

पछिल्लाे मत परिणामअनुसार सुहाङले ३ हजार ७ सय ८३ मत प्राप्त गर्दा काँग्रेसका खड्काले २ हजार ७ सय ८२ मत प्राप्त गरेका छन्। यि दुईबीच १००१ मतकाे अन्तर रहेकाे छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७८४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार