विराटनगर : इलाम क्षेत्र नम्बर उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।
फाकफोकथुम गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाको मत गणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ७८० मतले पछि पार्दै सुहाङले अग्रता लिएका हुन् ।
सुहाङ नेम्वाङले तीन हजार २४९ मत ल्याएका छन् भने खड्काले दुई हजार ४६९मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७०३ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले ४३४ मत ल्याएका छन् ।
फाकफोकथुम वडा नम्बर ५ मा सुहाङलाई ७०७ मत खसेको छ । उता नेपाली कांग्रेसका डम्बरको पक्षमा २७२ मत मात्रै झरेको छ ।