Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाममा सुहाङले लिए अग्रता, डम्बर ३४५ मतले पछि



विराटनगर : इलाम क्षेत्र नम्बर उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

फाकफोकथुम गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाको मत गणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्कालार्ए ३४५ मतले पछि पार्दै सुहाङले अग्रता लिएका हुन् ।

सुहाङ नेम्वाङले दुई हजार ५४२ मत ल्याएका छन् भने खड्काले दुई हजार १९७ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार