Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाई घटना: सांसद पोखरेलको पहलमा सहयाक सिडियोको नेतृत्वमा छानविन समिति गठन



विराटनगर : मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलको पहलमा रतुवामाई घटनाको छानविन गर्न जिल्ला प्रशासन कार्यालय मोरङले छानविन समिति गठन गरेको छ ।

जिल्ला प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन गरेर रतुवामाई पठाएको छ । समितिमा नेपाल प्रहरीका प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रहरी र प्रमुख जिल्ला अधिकारीका स्वविय सचिव छन् ।

सांसद पोखरेलले रतुवामाई नगरपालिकाले कोरोना महामारीको समयमा ल्याएको राहत वितरण नगरी रातारात गाडिएको विषयमा सत्यतथ्य छानविन गर्न जिल्ला प्रशासन कार्यालयसमक्ष माग गरेका थिए ।

उक्त छानविन समितिले खोलामा गाडिएको सबै सामाग्री उत्खनन गर्नेछ । अहिले समितिले रतुवामाई पुगेर काम पनि सुरु गरिसकेको छ ।

यस्तै सांसद पोखरेलले रतुवामाई घटनाको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि जानकारी गराएका छन् ।

पोखरेलले घटनामा जो कोही दोषी देखिए पनि उसलाई कारकाही गर्नुपर्ने बताए । उनले भने, ‘यो घटना गम्भीर हो । नगरपालिका र कर्मचारीको लापरबाहीले कोरोना कालमा वितरण गर्न ल्याएको राहत वितरणनै नगरी रातारात खोलामा लगेर गाड्नु सानो कुरा होइन् । यो विषयमा छानविन हुनुपर्छ ।’

उनले असक्षम नेतृत्व र कर्मचारीको मनोमानीका कारण नगरबासीले दुख पाइरहेको बताए । सांसद पोखरेलले घटनामा संलग्न रहेका सबैलाई कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार