विराटनगर । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको विराटनगर महानगर कमिटी गठन भएको छ ।
विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा भएको भेलाले रिता पासवानको अध्यक्षतामा ५१ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।
अधिवेशन आयोजक कमिटीको उपाध्यक्षमा सुरज रसाइली, सचिवमा चन्दा रविदास, सहसचिवमा मन्टुकुमार दास र कोषाध्यक्षमा खुश्बु विश्वकर्मा चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।
त्यस्तै भेलाले विराटनगरका १९ वटै वडाबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरुमा कोपिला बि.क., ज्योती गजमेर, पंकज रजक, आयुषा सुन्दास, उषादेवी मेहतर, कुमारी परियार, आशा पासवान, सरस्वती रसाईली, उत्तश पासवान, रोहित पासवान, सत्यनारायण पासवान, पबित्रा बिक तुलषा बि।क।, गोमा खाती, राजकुमार बिक, दुर्गा पासवान, सुनीता मोची, सरिता पासवान, विपना पासवान, ज्योती मरिक, अमन बिकलाई चयन गरेको छ ।
त्यस्तै अन्य सदस्यहरुमा कल्पना मरिक, मञ्जु मरिक, देवी घतानी, जानकीदेवी खंग, रञ्जीता पासवान, कामेश्वर राम, सुमनदेवी राम, पुनमदेवी राम, भिखारी खत्वे, संगीतादेवी खत्वे, राम सुन्दरीदेवी राम लगायत चयन भएका छन् ।