Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेकी अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत



विराटनगर : सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेकी अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज मनोनीत गरेका हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ।

प्रतिक्रिया
सम्बन्धित समाचार