Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस



विराटनगर : गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्नुभएको छ ।गरेका छन् । अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

अधिकारीलाई एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सांसदको समर्थन रहेको छ। यसबाहेक गण्डकीमा कांग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन्। ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका थिए ।

समयसीमा सकिनुभन्दा दुईदिन अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कूल २७ सदस्य रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार