Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाम २ मा कांग्रेसले दियो खड्कालाई टिकट



विराटनगर : आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।

तीन दिनसम्मको विवादपछि बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई नै दोहोर्‍याउने निर्णय गरेको हो।

कांग्रेसको इलाम २ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको ६ चैतको संयुक्त बैठकले सात जनाको नाम सिफारिस गरेको थियो । सिफारिस हुनेहरूमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू, शान्तिकला राई तामाङ र नगेन्द्र कुमाल थिए ।

खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए ।

यस्तै, बझाङ १(१) प्रदेशसभाका लागि अभिशेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । सिंह दिवंगत नेता पृथ्वीबहादुर सिंहका छोरा हुन् । पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा मृत्यु भएपछि रिक्त सो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार