Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जीबी राई गृहमन्त्रीको सम्पर्कमा छन् : महामन्त्री शर्मा



काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका जीबी राई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे सम्पर्कमा भएकाे दाबी गरेकाे छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सुरुमै बाेल्दै कांग्रेस सांसद विश्वप्रकाश शर्माले जीबी राई मलेसियामा रहेका उल्लेख गर्दै उनले उनलाई नेपाल ल्याउन के कुरामा ढिलाइ भयाे भन्दै प्रश्न गरे।

‘जीबी राई मलेसियामा छन्, दुनियालाई थाहा छ। जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएकाे छ?’, उनले भने, ‘मैले आराेप लगायाे नभनाैँ, खाेज्ने काम सरकारकाे निकायले गर्ला तर हामीले पाएकाे सूचनाअनुसार जीबी राई गृहमन्त्रीजीकाे सम्पर्कमा हुनुहुन्छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार