Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा एमालेको नगरस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न



विराटनगर : नेकपा एमालेले मोरङको रतुवामाईमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ  । नगर कमिटीको आयोजना र जिल्ला स्कुल विभागको सहजीकरणमा दुई दिने नगरस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार एमाले मोरङका स्कुल विभाग प्रमुख सोमराज थापाले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रमको समापन भने केन्द्रीय सदस्य जीवन घिमिरेले गरेका थिए ।

प्रशिक्षणमा नेताहरूले समसामयिक राजनीतिकसँगै मार्क्सवादी विश्व दृष्टिकोण, दर्शन, सिद्दान्त र व्यवहारलगायतका विषयमा प्रकाश पारे ।

प्रशिक्षणमा नगरभरीबाट ८२ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा पार्टी र जनसंगठनका नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरु सहभागी थिए ।

एमाले मोरङले जिल्लाका १७ वटै पालिकामा प्रशिक्षण कार्यक्रम गर्ने तय गरेको छ । सोही अनुरुप केही पालिकामा प्रशिक्षण सम्पन्न भएको र बाँकी रहेकामा पनि चाडैं सम्पन्न गर्ने मोरङका स्कुल विभाग प्रमुख सोमराज थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार